सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक २७ । एएफसी एसियन कप छनोट अन्तर्गत फिलिपिन्ससँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार फिलिपिन्सविरुद्धको खेलको लागी अनिल गुरुङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।
पहिलो लिग खेल फिलिपिन्सको राजधानी मनिलामा ४–१ ले पराजित भएको नेपालले फिलिपिन्ससँग मंगलबार घरेलु मैदानमा दोस्रो लिग खेल खेल्दैछ । नेपाल र फिलिपिन्सबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार अपराह्न हुनेछ ।
चोटका कारण देवेन्द्र तामाङ र आदित्य चौधरी टिममा परेका छैनन् । खेलमा अनिल गुरुङ र जगजित श्रेष्ठ फर्केका छन्।
एसियन कप छनौटको समूह ‘एफ’ मा रहेको नेपाल चार खेलमा ३ खेलमा हार र १ खेलमा बराबरी गरी १ अंकसहित तालिकाको पुछारमा छ । फिलिपिन्सको ४ खेलबाट २ खेलमा जित र दुई खेलमा बराबरी खेल्दै ८ अंकसहित समुहको शिर्ष स्थानमा छ । ४ खेलबाट एक खेलमा जित र ३ खेलमा बराबरी खेल्दै ६ अंकसहित यमन दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको ताजिकिस्तानको ४ खेलबाट २ खेलमा जित र २ खेलमा हारसहित ६ अंक बटुलेर तेस्रो स्थानमा छ ।
गोलकिपरमा
किरण लिम्बु
विकेश कुथु
विशाल श्रेष्ठ
मैदानमा
विराज महर्जन
अनन्त तामाङ
रोहित चन्द
कमल श्रेष्ठ
दिनेश राजवंशी
जितेन्द्र कार्की
राजेन्द्र रावल
सुजल श्रेष्ठ
विशाल राई
विक्रम तामाङ
जगजीत श्रेष्ठ
सुनिल बल
अन्जन बिष्ट
हेमन गुरुङ्ग
हेमन्त थापा मगर
अनिल गुरुङ्ग
विमल घर्तिमगर
जर्ज प्रिन्स कार्की
नवयुग श्रेष्ठ
भरत खवास
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा