सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक २७ । रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोकी छोरी जन्मिएकी छन्। उनकी प्रेमिका जोर्गिना रोड्रिग्वेजले आइतबार राति छोरीलाई जन्म दिएको रोनाल्डोले ट्वीटमार्फत जानकारी दिएका छन्।
उनले आफ्नी छोरीको नाम एलना मार्टिना राखेको समेत बताएका छन्। ‘एलना मार्टिना भर्खरै जन्मिइन्। जियो (प्रेमिका) र एलना दुवै ठीक छन्। हामी एकदमै खुसी छौँ,’ रोनाल्डोले ट्वीट गरेका छन्। ट्वीटमा उनले आफ्नी प्रेमिका, छोरो र छोरीसहितको तस्बिरसमेत राखेका छन्।
रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियर ७ वर्षको भइसकेका छन्। यसअघि पनि जुनमा उनि जुडुवा सन्तान इभा र माटियोका बाबु बनि सकेका छन् । उनी यो चौथो पटक बाबु बनेका हुन ।
A Alana Martina acaba de nascer! Tanto a Geo como a Alana estão muito bem! Estamos todos muito felizes! ❤️ pic.twitter.com/nMT4rYc32U
— Cristiano Ronaldo (@Cristiano) November 12, 2017
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा