चुनाव अपडेट

नेपाल टेलिकमले डाटा अफरको अवधि तीन महिना फेरी थप


 November 8, 2017     सेतो खबर

काठमाडौं, कात्तिक २२ । नेपाल टेलिकमले ग्राहकलाई विभिन्न समयमा उपलब्ध गराएका प्रवर्द्धनात्मक डाटा अफरको अवधि तीन महिना थपेको छ। अत्यधिक रुचाइएकाले यी अफरलाई निरन्तरता दिइएको टेलिकमको दावी छ। माघ २४ गतेसम्म अफर कायम हुने कम्पनीले जनाएको छ। यस्ता छन्, टेलिकमका डाटा अफर

अल टाइम डाटा प्याकेज : जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ। चौबीसै घण्टा यो डाटा प्याक प्रयोग गर्न सकिन्छ। १० रुपैयाँमा तीन दिनसम्मका लागि २० एमबी डाटा उपलब्ध गराइएको छ। २५ रुपैयाँमा सात दिनसम्म ६० एमबी, ५० रुपैयाँमा १५ दिनसम्म १२५ एमबी, १ सय रुपैयाँमा ३० दिनसम्म ४०० एमबी, २०० रुपैयाँमा ३० दिनसम्म ८५० एमबी र ३०० रुपैयाँमा ३० दिनसम्म १५०० एमबी डाटा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

नाइट डाटा प्याकेजजिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा नाइट डाटा प्याकेज प्रयोग गर्न सकिन्छ। १५ रुपैयाँमा १५० एमबी ३ दिनसम्म प्रयोग गर्न सकिन्छ।

४५ रुपैयाँमा ५०० एमबी डाटा ७ दिनसम्म र ९० रुपैयाँमा १२०० एमबी डाटा १५ दिनसम्म चलाउन पाइने छ। यो बाहेक २०० रुपैयाँमा ३ जीबी डाटा र ३०० रुपैयाँमा ६.५ जीबी डाटा ३० दिनसम्म चलाउन पाइने छ। नाइट डाटा प्याकेज राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउनुपर्नेछ।

फोरजी डाटा प्याक : कम्पनीले जिएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा पहिले देखि नै उपलब्ध गराइरहेको फोरजी डाटा प्याकलाई पनि निरन्तरता दिइएको छ। ५० रुपैयाँमा २०० एमबी ७ दिनका लागि, १०० रुपैयाँमा ५०० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ। २०० रुपैयाँमा १२०० एमबी, ३०० रुपैयाँमा २००० एमबी र ५०० रुपैयाँमा ३६०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ।उपरोक्त फोरजी डाटा प्याक फोरजी नेटवर्क भएका स्थान र मोबाइल सेट भएका ग्राहकका लागि मात्रै प्रयोग हुनेछ।

थ्रिजीमा फलब्याक हुने हुँदा उक्त समयमा प्रयोग गर्न मिल्ने गरी प्रत्येक फोरजी डाटा प्याकमै ३० प्रतिशत डाटा भोल्युम टुजी÷थ्रिजी नेटवर्कमा समेत प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ। टुजी/थ्रिजी नेटवर्कमा प्रयोग नभएको अवस्थामा भने फोरजी डाटा प्याकको पुरै भोल्युम फोरजी नेटवर्कमै प्रयोग गर्न सकिने छ।
नाइट भ्वाइस प्याकनाइट भ्वाइस प्याक अन्तर्गत २५ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म २५० मिनेट कल सुविधा सात दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराइएको छ।

सियुजी प्याकेजकर्पोरेट ग्रुपका समूहलाई उपयुक्त हुने गरी कर सहित ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सियुजी प्याकेजहरु उपलब्ध छन्। ४०० रुपैयाँमा सियुजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन पाइने छ।
त्यसैगरी ७०० रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न र ८०० एमबी डाटा चलाउन सकिने छ। यो वाहेक १००० रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न र १५०० एमबी डाटा चलाउन, १३०० रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न र २१०० एमबी डाटा चलाउन तथा १६०० रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न र २७०० एमबी डाटा चलाउन पाइने छ।

सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरु बीचमा भने असीमित भ्वाइस कल गर्न सकिने कम्पनीको भनाइ छ। जिएसएम पोष्टपेड कर्पोरेट ग्राहकहरुलाई लक्षित गरी कम्पनीले यो प्याकेज उपलब्ध गराएको हो। कुनै कर्पोरेट हाउसका कमसेकम १० जना जिएसएम पोष्टपेड प्रयोगकर्ता यो प्याकेजमा सहभागी हुन सक्ने छन्।
फेसबुक÷इन्स्टाग्राम डाटा प्याकफेसबुक÷इन्स्टाग्राम डाटा प्याक अन्तर्गत २५ रुपैयाँमा ११० एमबी डाटा ७ दिन र ५० रुपैयाँमा २३० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ। त्यसैगरी १०० रुपैयाँमा ५०० एमबी डाटा र २०० रुपैयाँमा ११०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ।

वाउटाइम प्रमोसनल सब्स्क्रिप्सन प्याकजिएसएम मोबाइलमा लाइभ भिडियो स्ट्रिमिङ सेवाका लागि कम्पनीले गत असोज ३ देखि हालसम्म निःशुल्क उपलब्ध गराउँदै आएको वाउटाइम एप्समा प्रमोसनल सब्स्क्रिप्सन अफर उपलब्ध गराइएको छ। अफर अन्तर्गत १ दिनका लागि २४ रुपैयाँ, ७ दिनका लागि ९० रुपैयाँ र ३० दिनका लागि २५० रुपैयाँका विभिन्न सब्स्क्रिप्सन प्याकेज उपलब्ध गराइएको छ। ग्राहकले आफ्नो आवश्यकता अनुसारको प्याकेज खरिद गरी सो एप्समार्फत लाइभ टिभी, मुभी तथा भिडियो हेर्न र एफएम सुन्न सक्ने छन्।

स्ट्रिमिङ प्याक (युट्युब÷टिभी÷भिडियो)जिएसएम प्रिपेड÷पोष्टपेड मोबाइलका लागि स्ट्रिमिङ प्याक अन्तर्गत युट्युब, टिभी र भिडियो चलाउन सकिने भएको छ । यस अन्तर्गत १०० रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ। त्यसैगरी ६० रुपैयाँमा ५०० एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ।

भ्वाइस प्याक ः जिएसएम तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ। यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था छ। त्यसैगरी २५ रुपैयाँमा ३० मिनेटको प्याकेज ३ दिन अवधिका उपलब्ध छ। ५० रुपैयाँमा ५ दिनका लागि ७५ मिनेट, १०० रुपैयाँमा १० दिनका लागि २०० मिनेट, २०० रुपैयाँमा २० दिनका लागि ४२५ मिनेट, ३०० रुपैयाँमा ३० दिनका लागि ६५० मिनेट र ५५० रुपैयाँमा ६० दिनका लागि १२०० मिनेट कल उपलब्ध गराइएको छ । सो कल नेपाल टेलिकमको नेटवर्क भित्रका लागि मात्र उपलब्ध हुनेछ । डाटा र भ्वाइस तथा फोरजी प्याकेज प्राप्त गर्नका लागि ग्राहकले ८ज्ञद्धज्ञछ३ मा डायल गर्नु पर्ने छ।

एडिएसएल÷एफटिटिएच डाटा प्याक : यो अन्तर्गत १ एमबिपीएससम्म गतिको एडिएसएल इन्टरनेट कर सहित मासिक १ हजार रुपैयाँमा उपलब्ध हुनेछ। भोल्युम बेस्ड एडिएसएल अन्तर्गत १५ जीबी डाटा ३०० रुपैयाँमा, २५ जिबी डाटाको ५०० र ४० जिबी डाटाको मूल्य ७०० रुपैयाँ तोकिएको छ। यी डाटाको गति १ एमबिपीएस सम्म हुनेछ। यी सबै डाटा एक महिनासम्म प्रयोग गर्न सकिने छ। भोल्युम बेस्ड डाटाको लागि कर वाहेक रु. ३००।– र अनलिमिटेड डाटाको लागि २०० रुपैयाँ दर्ता शुल्क तोकिएको छ।

यस्तै १० एमबिपीएस गतिको एफटिटिएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २४० जिबी, ६ महिनाका लागि ५०० जिबी र १२ महिनाका लागि १२०० जिबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने छ। यी प्याकेजको मूल्य कर बाहेक क्रमशः ५,१६०, ९,१२० र १८,२४० रुपैयाँ छ। त्यसैगरी १०० एमबिपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२०० जिबी डाटा प्रयोग गर्न सकिने छ। सो प्याकेज कर बाहेक २३,०४० मा खरिद गर्न सकिन्छ।

Ime Inside



Ime Inside