सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । हवाई आक्रमणमा परी १८ जना तालिबानी विद्रोहीको ज्यान गएको छ । अफगानिस्तानको उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही ज्यान गएको हो ।
उक्त आक्रमणमा अरु १० जना पनि घाइते भएको प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद जवाद हाजिरीले बताएका छन् ।
विद्रोहीलाई समाप्त गर्न स्थल र हवाई दुबै कारबाहीलाई निरन्तरता दिइने हाजिरीले बताएका छन् । हाजिरीले अशान्त एस्कामिस जिल्लाका सयौं गाउँलाई विद्रोहीको कब्जाबाट मुक्त गरिएको पनि जनाएका छन् ।
यसैक्रममा, सुरक्षा फौजको उक्त कारबाहीका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया दिइएको छैन ।–सिन्ह्वा
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा