सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत, साउन ३१ । बिहीबार राती मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई पदबाट हटाइएको छ ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले मन्त्री खत्रीलाई पदबाट हटाएको विषयमा प्रदेश सरकारले प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई जानकारी गराएको बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार मन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा २ को खण्ड ख बमोजिम पदमुक्त गरिएको जानकारी दिए ।
मन्त्री खत्रीको बैंकिङ्ग कसुरको अभियोगमा उच्च अदालत पाटनले गएको मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उनको आलोचना भइरहेको थियो ।
यसैक्रममा, खत्रीलाई मन्त्रीबाट पदमुक्त गरेर मुख्यमन्त्री शाहीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीसमेत आफैले लिएको बताएका छन् ।
खत्रीलाई कृषि विकास बैंकले दायर गरेको बैंकिङ कसूरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका थिए । उनलाई तीन दिनभित्र अदालतमा पेश गर्न उच्च अदालतले सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिएको थियो ।
बैंकिङ कसूरसम्बन्धी मुद्दामा उल्लेख भए अनुसार खत्रीसहित ५ जनाले १ करोड ८० लाख ८० हजार रकमको किर्ते बैंक ग्यारेन्टी गरेको आरोप लागेको छ ।
बैंकले खत्रीसहित ५ जनाले एडभान्स पेमेन्ट ग्यारेन्टीका लागि सन् २०१६ को जुन १० मा ५५ लाख ५० हजार र नोभेम्बर ४ मा ५५ लाख ३० हजार बराबरको कीर्ते बैंक ग्यारेन्टी पेश गरेर बैंकलाई हानी नोक्सानी पुर्याएको जानकारी दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा