सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ३ । मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई माफीसहित स्वदेश फर्कन दिने भएको छ । गृहमन्त्री मुहिद्दिन यासिनले बिहीबार पुत्राजयस्थित अध्यागमन विभागमा पत्रकार सम्मेलन गर्दै आगामी अगष्ट १ देखि डिसेम्बर अन्त्यसम्मको ५ महिने आममाफी कार्यक्रम घोषाणा गरे ।
‘ब्याक फर गुड (बीफोरजी)’ नाम दिइएको आममाफी कार्यक्रमअन्तर्गत गैरकानुनी कामदारले स्वदेश फर्कन ७०० रिंगिट जरिवाना शुल्क तिर्नुपर्नेछ ।
यासिनले उक्त कार्यक्रमको उपयोग गर्दै गैरकानुनी आप्रवासी अध्यागमन विभागका कार्यालयमा जरिवाना शुल्क तिरेर स्वदेश र्फन सक्ने बताए । घर फर्कन चाहने गैरकानुनी कामदार सम्बन्धित देशका दूतावासबाट यात्रा अनुमतिपत्र लिएर अध्यागमन विभाग कार्यालयमा उपस्थित हुनुपर्ने छ । कान्तिपुर दैनिक
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा