सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौंडा, साउन २ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको संरक्षकत्व तथा उद्योग, पर्यटन, वन तथा वातावररण मन्त्री अरुणप्रसाद नेपालको अध्यक्षतामा नेपाल भ्रमण वर्ष २०२० प्रदेश स्तरीय पर्यटनप्रवर्द्धन समिति गठन गरिएको छ ।
उक्त. समितिको सहअध्यक्षमा प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, प्रादेशिक कार्यक्रम संयोजकमा अनिल लामा र सदस्य सचिवमा शिव कुमार वाग्ले छन्।
मन्त्रालयले दिएको जानकारी अनुसार समितिमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष, भक्तपुर, ललितपुर, चितवन र मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्षहरू क्रमशः मेघ आले, अनुज पाण्डे, होम पाठक र केशव बडाल रहेका छन् ।
यसैगरी सदस्य समितिमा राजेन्द्र सापकोटा, सुमन घिमिरे, सुन्दर कार्की, रामशरण कार्की, शिव लामिछानेसहितको १९ जनाको गठन भएको छ ।
यसैक्रममा, मन्त्री नेपालको अध्यक्षतामा नेपाल भ्रमण वर्ष २०२० प्रदेशस्तरीय मूल सहजीकरण तथा आयोजक समिति गठन गरिएको छ ।
यस्तै, ६१ सदस्यीय समितिमा प्रदेश नीति तथा योजना आयोगका सदस्य, प्रदेशको १३ वटै जिल्ला समन्वय समितिका प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सातवटै मन्त्रालयका सचिव, प्रदेश प्रहरी प्रमुख, प्रदेश वन निर्देशक, प्रदेश ३ को नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल पर्यटन व्यवसायी संघ, होटल व्यवसायी संघलगायत व्यावसायिक एवं पेशागत संघका अध्यक्षहरु रहेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा