सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट, साउन १ । सेनाको हेलिकोप्टरबाट आज बिहान पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना मन्त्रीहरु आफ्नो गृह जिल्ला रौतहटमा पुगेका छन् । मन्त्रीहरु बाढीका कारण भएको क्षतिको अवलोकन गर्न रौतहट पुगेका हुन् ।
पूर्व प्रधानमन्त्रीको सँग गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, संसदको विकास समिति सभापति कल्याणी खड्का, नेकपा नेता तथा संघीय सांसद प्रभु साह, राजपा अध्यक्ष मण्डलका अध्यक्ष अनिल कुमार झा, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, लगायतको टोली बाढीले पुर्याएको क्षति र राहत तथा उद्धार कार्यको अवलोकन गर्न रौतहट पुगेका छन् ।
यसैक्रममा, गृहमन्त्री थापाले राहत राम्रोसँग वितरण गर्न नगरपालिका प्रमुख तथा कर्मचारीलाई निर्देशन दिनुका साथै अरु राहत चाहिए पनि आउने आश्वासन दिएका छन्।
बाढी र डुबानको दीर्घकालीन समाधानका लागि सरकारले ठोस योजना बनाएर अघि बढ्नुपर्ने उक्त टोलीमा रहेका पूर्वप्रधानमन्त्री नेपालले बताए । यसैक्रममा, रौतहटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता बिमलेन्द्र निधिसहितको टोली समेत पुगेको छ ।
उक्त टोलीले बाढी र डुबानबाट प्रभावित रौतहटका नागरिकले खाना र बासको व्यवस्था सहज नभएको गुनासो गरे।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा