सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ३० । इङल्यान्डका लेस्टर सिटीका स्टार खेलाडी ह्यारी मग्वाइरलाई म्यानचेस्टर युनाइटेडले कीर्तिमानी ८० मिलियन पाउन्डमा अनुबन्धित गरेको छ ।
म्यानचेस्टरले मग्वाइरलाई विश्वमै सबैभन्दा बढि मूल्य तिरेको डिफेन्डरका रुपमा मानिएको छ । योभन्दा अघि लिभरपुलले भान डाइगको लागि ७५ मिलियन खर्च गरेको थियो ।
सिटीसँगमा पनि मग्वाइर म्यानचेस्टर आबद्ध भैसकेका खेलाडी हुन् । सोमबार उनको युनाइटेड प्रवेशका लागि मेडिकल जाँच पूरा भएको छ ।
२०१७ मा मग्वाइर हुल सिटीबाट १७ मिलियन पाउन्डमा लेस्टर सिटिमा अनुबन्धित भएका थिए । २६ वर्षका मग्वाइरले लेस्टर सिटीसँग रहेर किङ पावर स्टेडियममा ७६ खेलमा सहभागी जनाएका छन् भने, सोहि क्रममा २० खेल जितेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा