सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, असार ३० । तीन दशकमा पहिलोपटक चीनको आर्थिक वृद्धि चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा सबैभन्दा न्यून दरमा आर्थिक वृद्धि भएको छ ।
अमेरिका-चीन व्यापार युद्ध तथा विश्वमै मागमा आएको मन्दीका कारण चीनको आर्थिक वृद्धिदर खुम्चिएको चिनियाँ सरकारी विवरणमा जनाएको छ ।
दोस्रो चौमासिक अवधिमा कूल गार्हस्थ्य उत्पादन ६.२ प्रतिशत देखे छ भने, पहिलो चौमासिक अवधिमा चीनको आर्थिक वृद्धिदर ६.४ प्रतिशत रहेको चिनियाँ राष्ट्रिय तथ्याङक ब्यूरोले जनाएको छ ।
चिनियाँ अधिकारीहरुको भनाई अनुसार सरकारको जिडिपी प्रक्षेपण ६.० देखि ६.५ रहेकाले हालको वृद्धिलाई घटेको मान्न नसकिने जनाएको छ ।
यसैगरी, यो वृद्धिको अनुमान सन् २०१८ को तुलनामा कम नै रहेको छ । सन् २०१८ मा चिनको आर्थिक वृद्धि ६.६ प्रतिशत पुगेको थियो ।
यसैक्रममा, चिनियाँ अर्थतन्त्रमा निरन्तर गिरावट आएका कारण संयुक्तराज्य अमेरिकासँगको व्यापार वार्तामा चीनको अडान कमजोर हुन सक्ने देखिन्छ ।
आर्थिक परिस्थिति चीन र अन्य मुलुकको निकै जटिल अवस्थामा पुगेको जनाउँदै चिनियाँ तथ्यङक ब्यूरोका प्रवक्ता माओ शेङयोङले विश्वको आर्थिक वृद्धि नै न्यून भएको र बाह्य अस्थिरता एवं अनिश्चितता बढ्दो भएको जनाइएका छन् ।
यसैगरी आफ्नो अर्थतन्त्रमा सुधार ल्याउन चीनले व्यापक कर कटौती समेतका विभिन्न उपाय अवलम्बन गरिरहेका भएता पनि यसले मात्र पनि चीनको अर्थतन्त्रलाई विगतको अवस्थामा फर्काउन सकेको छैन ।
चीनको पहिलो ६ महिनामा कूल निर्यात शून्य दशमलब १ प्रतिशतले वृद्धि भएको छ । चीनले अहिल्यै पनि अर्थतन्त्रमा सुधार ल्याउन विभिन्न नीतिगत सुधार गर्न सक्ने माओले बताएका छन् । –एएफपी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा