सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, असार २३ । पाकिस्तानी प्रधानमन्त्री इमरान खान अमेरिका भ्रमणमा जान लागेका छन् । उनले सो भ्रमणका क्रममा महँगो होटलमा नबस्ने जनाएको छ ।
जुन २१ तारिखदेखि सुरु हुने भ्रमणका क्रममा उनले वासिंटनस्थित दुतावासमै बस्ने इच्छा देखाएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जानकारी दिए ।
राजदुत असद मजिदको निवासमा बसेमा प्रधानमन्त्रीको राजकीय भ्रमणको खर्चमा भारती कटौती हुने जनाएको छ । अमेरिकाको सुरक्षा तथा शहरी संयन्त्रका लागि भने, इमरानको यो चाहना आकर्षक हुन नसक्ने जनाएको छ ।
इमरान दुतावसमा बस्यो भने, सुरक्षा चुनौती र शहरको ट्राफिक व्यवस्था खलबलिने सम्भावना रहन्छ । वासिंटनले हरेक वर्ष विभिन्न देशका सरकार प्रमुखहरुको सैयौँ भ्रमण व्यवस्थापन गर्दै आएका कारण सर्वसाधारणले कुनै सास्ती खेप्न नपरोस् भन्नेतर्फ अपनाइन्छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा