सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, असार ९ । सोमबार इन्डोनेसियाको तानिम्बार टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पको झट्का उत्तरी अस्ट्रेलियालगायत त्यहाँबाट ७२० किलोमिटर टाढा रहेको अस्ट्रेलियाको डार्विनका वासिन्दाहरुले समेत महसुस गरेका छन् ।
शक्तिशाली भूकम्पको केन्द्रविन्दु जमिनको २०८ किलोमिटर तल रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ ।
उक्त सर्भेका अनुसार भूकम्पपछि सुनामीको खतरा भने नरहेको जनाए । पपुपा टापु रहेको क्षेत्रमा सोमबार ९ वटा भूकम्पका झट्का महसुस गरेका छन् ।
सोमबारको भूकम्प विश्वमै धेरै भूकम्प जाने ‘रिङ्ग अफ फायर’ क्षेत्रमा भएको हो । विश्वका ९० प्रतिशत भूकम्प यो क्षेत्रमा जाने गरेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा