सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, असार ४ । संयुक्तराज्य अमेरीकाको पछिल्लो समय इरानसँग तनाव उत्पन्न भइरहेकोले अमेरिकाले मध्यपूर्वमा थप एक हजार जना सैनिक पठाउने तयारी गरेको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी कार्यबाहक रक्षामन्त्री प्याट्रिक सानाहनले मध्यपूर्वमा एक हजार सैनिक पठाउने अनुमति दिएको अमेरिकी अखबारहरुले जनाएको छ ।
उनले दिएको जानकारी अनुसार ती सैनिक हवाई र स्थल सैन्यसमेत रहेको छ । उनले यस विषयमा पहिले नै अमेरिकी प्रशासनले सहमति दिइसकेको एक विज्ञप्तिमार्फत जानकारी गराए। उनले ती सैनिकहरु अमेरिकी केन्द्रीय सैन्य कमाण्ड (सेन्टकोम)को अनुरोधमा पठाएको जनाए।
यतिखेर अमेरिकाको इरानसँगको सम्बन्ध झन नराम्रो बन्दै गएको छ । यस शत्रुतापूर्ण सम्बन्धका कारण इरानीहरुले मध्यपूर्वमा अमेरिकी सैनिकलाई पनि धाकधम्की देखाउने गरेकाले थप सैन्य पठाउनु परेको उनले जानकारी दिए ।
कार्यबाहक रक्षामन्त्री प्याट्रिकले भने– ‘हामी इरानसँग कुनै पनि किसिमको शत्रुता चाहँदैटनौँ, तर पनि हामीमाथि भएका यी विरोधी क्रियाकलापहरुको भने हामीले राम्रैसँग अनुगमन गरिरहेका छौँ । खाडी राष्ट्र ओमानमा हालैमात्र दुई ओटा तेल ट्यांकरमाथि आगलागी भएको थियो । ती ट्यांकरमा अज्ञात व्यक्तिहरुले हमला गरी आगो लगाएको पनि उनले जानकारी दिए । -एपी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा