सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कञ्चनपुर, असार ४ । कञ्चनपुरको महेन्द्रनगरमा आयोजित प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशसँग गण्डकी प्रदेश ९ विकेटले पराजित भएको छ ।
गण्डकीले टस जितेर ब्याटिङ रोजेकोमा २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएका थिए । गण्डकीका सुशीला गुरुङले १७ रन र शिला रेग्मीले १९ बनाएकी थिइन् ।
यसैक्रममा, सुदूरपश्चिमका तर्फबाट कविता कुँवर, लक्ष्मी साउद र जानकी भट्टले समान दुई-दुई विकेट तथा कविता जोशीले एक विकेट लिएका थिए।
यसैगरी, एक विकेट गुमाएर ७ ओभरमै सुदूरपश्चिमले लक्ष्य भेटाएको थियो । सुदूरपश्चिमका तर्फबाट कविता कुँवरले २१ तथा कविता जोशी र रेवती धामीले समान १२ रन बनाएका थिए । गण्डकी प्रदेशका खेलाडी मनिषा उपाध्यायले एक विकेट लिएकी थिइन् ।
उक्त प्रतियोगिताको दोस्रो खेल बुधबार बेलुका प्रदेश २ र कर्णाली प्रदेशबीच रोमान्चक खेल हुने छ । बुधबारबाट राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रधानमन्त्री महिला कप क्रिकेट प्रतियोगिताको चौथो संस्करण महेन्द्रनगरमा सुरु गरेको छ ।
प्रतियोगितामा एउटा विभागीय टिम (सशस्त्र प्रहरी) र सात प्रदेशको गरी आठ टोलीको सहभागिता रहेका छन्। प्रतियोगिताको विजेतालाई ५ लाख र उपविजेतालाई ३ लाख नगद तथा ट्रफी प्रदान गर्ने आयोजकले जानकारी दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा