सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिरहा, असार २ । धनगढीमाई नगरपालिका वडा नं १० जिरोमाइलमा एन आई सी एशिया बैंकले नयाँ शाखा संञ्चालनमा ल्याएको छ । एन आई सी एशिया बैंक यो ३२ औं शाखा हो । उक्त बैंकले जिरोमाइलमा शाखारहित बैंकिङ्ग सेवा संञ्चालनमा ल्याएको हो ।
नगरपालिकाका मेयर हरि नारायण चौधरीले उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका छन् । उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिको रुपमा भोगि लाल महतो नियुक्त भएको छ ।
शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै स्थानीय तहमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि बैंकले शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ ।
देशका विभिन्न भागका स्थानीयबासी र सर्वसाधारणले स्थानीय तहमै शाखारहित बैंकिङ सेवाको प्रतिनिधि मार्फत् बैंकिङ सेवा लिन सक्ने विश्वास बैंकले लिएको छ ।
उक्त बैंकिङ सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकेको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने सी एशिया बैंकले विश्वास लिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा