सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार १ । अनट्रयाक एजुकेशन कन्सल्टेन्सी र ग्लोबल एजुकेटर्स एण्ड कन्सल्टेन्टसको संयुक्त आयोजनामा काठमाडौंमा मनिपाल इन्टरनेसनल युनिभर्सिटी मलेसिया क्याम्पस र दुबाई क्याम्पसका बारेमा इन्फर्मेसन सेसन आयोजना गरेको छ ।
मनिपाल इन्टरनेसनल युनिभर्सिटी मलेसियाका डिन असगर हुसेनले सनिबार उक्त इन्फर्मेसन सेसनमा युनिभर्सिटी र शैक्षिक प्रणाली का बारेमा जानकारी गराउनु भएको थियो । जुन १५ तारिख काठमाडौंको एम्बेसडर होटलमा परामर्श दातृसस्था हरू संग भेटघाट तथा छलफल र बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म इन्फर्मेसन सेसन मा सहभागी भइ बिधार्थी र अभिभावक हरूले मनिपाल इन्टरनेसनल युनिभर्सिटीको बारेमा जानकारी लिएका थिए ।
पछिल्लो समयमा मनिपाल इन्टरनेसनल युनिभर्सिटी मलेसिया ले २१ औँ शताब्दीलाई सुहाउँदो बजारमुखी र प्राविधिक शिक्षालाई सफलतापुर्वक सञ्चालन गरिरहेको छ। मनिपाल इन्टरनेसनल युनिभर्सिटी मलेसिया लाई नेपालमा प्रबर्धन गरेको अनट्रयाक एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक संजित कनौजियाले मनिपाल इन्टरनेसनल युनिभर्सिटीले मलेसिया, दुबई र इन्डिया तिनै स्थानमा बिश्व स्थिर को शिक्षा प्रदान गरेकै कारण आफुले नेपालमा यस युनिभर्सिटी लाई प्रवर्धन गरेको जानकारी दिनुभयो।
मनीपाल ग्लोबल एजुकेशन ग्रुप को एक सदस्य मनीपाल इन्टरनेसनल युनिभर्सिटी (एमआईयू), मा विज्ञान, ईन्जिनियरिङ्, बिजनेस र मास कम्युनिकेशंन को सम्बन्धित थुप्रै कोर्ष हरु सञ्चालन मा ल्याएको छ । यस युनिभर्सिटी ले ३० वटा भन्दा बढी अन्तर्राष्ट्रिय युनिभर्सिटी संग साझेदारी गरिसकेको ग्लोबल एजूकेटर्स एण्ड कन्सल्टेन्स् की प्रतिनिधि कबिता घूशी ले बताउनुभयो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा