भर्खरै

गुठी विधेयकविरुद्ध ललितपुरमा मसाल जुलुस


 June 14, 2019     सेतो खबर

काठमाडौं, जेठ ३१ । गुठी विधेयक खारेजीको माग गर्दै ललितपुरमा स्थानीय बासिन्दाले मसाल जुलुस निकालेका छन् ।

शुक्रबार पाटन दरबार स्क्वायरबाट सुरु भएको मसाल जुलुस नगर परिक्रमा गर्दै भीमसेन मन्दिरमा पुगेर सम्पन्न भएको थियो ।

मसाल जुलुसमा कीर्तिपुर, काठमाडौं र भक्तपुरबाट गएका सरोकारवालासहित हजारौं सहभागी थिए ।

मसाल जुलुुसपछि आयोजित विरोधसभामा बोल्ने वक्ताहरुले गुठी विधेयक खारेजीको एकसूत्रीय माग रहेको भन्दै सरकारले बोलाउने वार्तामा जाने र सम्झौता गर्ने कोसिस कसैले गरे नछाड्ने चेतावनी दिए ।

सत्ताधारी दलका सांसदहरुले चलखेल गरेर आन्दोलनलाई तुहाउन प्रयास गरे उनीहरुलाई पनि नछाड्ने चेतावनी पनि दिइएको छ ।

LIC
LIC



Ime Inside