सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भारतीय लोकसभा चुनावमा लगातार दोस्रो जितपछि प्रधानमन्त्रि नरेन्द्र मोदीले पहिलो विदेश भ्रमण यात्राको रुपमा मालदिभ्स पछि श्रीलंका पुगेका छन् । राष्ट्रपति भवनमा मोदीलाई भब्य स्वागत गरिएको छ । यही दौरान श्रीलंकाको राष्ट्रपति मैत्रीपाल सिरिसेना पनि उपस्थित थिए ।
सिरिसेनाले हातमा छाता लिएको देखिए । छाताले उनले आफैलाई र मोदीलाई पानि बाट बचाइरहेका देखिए जुन फोटो पछिल्लो समय निकै नै भाइरल भईरहेको छ । मोदीले राष्ट्रपति भवनमा अशोकको विरुवा पनि रोपेका छन् ।
प्रधानमन्त्रि नरेन्द्र मोदीले श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनासँग आइतवार १० दिन भित्र दोस्रो पटक भेटवार्ता गरे र दुबैले आतंकवाद संयुक्त खतरा भएको र संयुक्त कारर्वाही आवश्यक रहेको तर्क दिएका छन् । श्रीलंकामा अप्रिलमा ईस्टरमा भएको आतंकवादी आक्रमण पछि मोदी देशको यात्रामा गएका पहिला विदेशी नेता हुन् ।
श्रीलंकामा ईस्टरको दिन ९ आत्मघाती बम आक्रमणकारीले कोलम्बो स्थित सेन्ट एथनीज चर्च, पश्चिम तटीय नगर नेगोम्बो स्थित सेन्ट सेबेस्टियन्स चर्च र पुर्वी शहर बट्टीकलोवा स्थित एक अन्य चर्च तथा तीन ठुला होटललाई निशाना बनाएका थिए । देशमा बर्ष २००९ मा भएको गृहयुद्ध समाप्त पश्चात यो सबैभन्दा भिषण हिंसा थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा