सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, जेठ ८ । टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख केशर बहादुर कुंवरको कार्यकक्षमा विद्यार्थीहरुले पनि ताला थपेका छन । मंगलबार मात्रै क्याम्पसको इकाइ प्राध्यापक संघले बिगत ११ महिनादेखि तलब नदिएको भन्दै प्रमुखको कार्यकक्षमा ताला लगाएको थियो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजित सबै क्याम्पसका क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गर्नुपर्ने कार्यक्रम अन्तरगत यहाँ पनि ताला लगाइएको हो । टीकापुर बहुमुखी क्याम्पस गत श्रावण १ गतेदेखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन भएपछि उक्त विश्वविद्यालय अन्तरगतका १४ वटै आङ्गिक क्याम्पसहरुका प्राध्यापकहरु आन्दोलित छन । लामो समयदेखि तलब नदिएको भन्दै सबै आङ्गिक क्याम्पसहरुमा तालाबन्दी भैरहेको छ ।
यसैक्रममा टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा इकाइ प्राध्यापक संघले तालाबन्दी गरेकै पछिल्लो दिन बुधबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले पनि विभिन्न ७ बुदे माग राख्दै अर्को ताला थपेको छ । विशुद्ध रुपमा विद्यार्थीका मागहरु सम्बोधन हुनुपर्ने भन्दै ताला माथी ताला लाउन बाध्य भएको टीकापुर बहुमुखी क्याम्पस-स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सुरेश प्रसाद शर्माले बताउनुभयो । “विद्यार्थीहरुका केही अनिवार्य मागहरु लिएर दुई, तीन पटक क्याम्पस प्रमुखको ध्यानाकर्षण गरायौं तर अहिलेसम्म पनि क्याम्पस प्रशासन र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले उक्त मागहरु सम्बोधन गर्न आनाकानी गरिरहेका कारण बाध्य भएर अर्को ताला थप्न बाध्य भएका हौं ।” अध्यक्ष शर्माले भन्नुभयो, “जबसम्म विद्यार्थीका मागहरु सम्बोधन हुदैनन तबसम्म यो ताला खुल्नेवाला छैन ।” उहाले अनिश्चित रुपमा प्राध्यापक संघ र स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएको समेत स्पष्ट पार्नुभयो । स्वतन्त्र विद्यार्थी युनियनले बारम्बार विद्यार्थीका मागहरु बारे क्याम्पस प्रमुख लगायत विश्वविद्यालयको ध्यानाकर्षण गराइरहेको समेत बताउनुभयो ।
स्ववियु अध्यक्ष शर्माले बिज्ञप्ती निकालेर बिज्ञप्तीमा उल्लेखित ७ बुदे मागहरु पूरा हुनैपर्ने बताउनुभयो । बिज्ञप्तीमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय(केन्द्र)ले तोकेको शुल्क नै यस क्याम्पसमा पनि लागू हुनुपर्ने, त्रिभुवन विश्वविद्यालय अन्तरगतको बिषयवस्तु अध्ययनरत विद्यार्थीहरुको शुल्क समायोजन हुनुपर्ने, शिक्षक तथा कर्मचारीहरुको सेवासुविधाका कारण शैक्षिक गुणस्तर माथी पर्न गएको असरलाई ध्यानाकर्षण गर्नुपर्ने, कक्षामा नियमित अध्यापनमा सहभागी नहुने शिक्षकहरुलाई विभागले कारवाही गर्नुपर्ने, कार्यालय समयमा शिक्षक तथा कर्मचारी कार्यालयमा उपस्थित नहुने प्रविर्ती बढेकाले त्यसतर्फ ध्यानाकर्षण गरि त्यस प्रविर्तीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने, पुस्तकालयमा सेमेस्टारवाइज किताबहरु तत्काल उपलब्ध गराउनुपर्ने र इ-लाइब्रेरीमा सबै कम्प्युटरमा तिब्र गतिको ईन्टरनेट सेवा दिनुपर्ने मागहरु समावेश छन । यी मागहरु पूरा नभएसम्म क्याम्पस प्रमुख आफ्नो कार्यकक्षमा जान नपाउने गरि तालाबन्दी गरिएको छ ।
अध्यक्ष शर्माका अनुसार क्याम्पस प्रमुख कुंवरको कार्यकक्षमा गरेको तालाबन्दीका कारण विद्यार्थीहरुको पठनपाठनमा कुनै समस्या भएको छैन । क्याम्पस प्रमुख केशर बहादुर कुंवरले आफुले इकाइ प्राध्यापक संघ र स्ववियुले आफ्नो कार्यकक्षमा लगाएको तालाको बिषयमा भिसी रजिस्ट्रारलाई जानकारी गराईसकेको बताउनुभयो । उहाँले विद्यार्थीहरुका मागहरु केहि क्याम्पस आफैले सम्बोधन गर्ने किसिमका रहेका र केही केन्द्रबाटै सम्बोधन हुने किसिमका मागहरु रहेको बताउदै केन्द्रबाट सम्बोधन हुनुपर्ने मागहरु बारेपनी आफुले जानकारी गराईसकेको बताउनुभयो । प्राध्यापक संघले १ हप्ताको समय दिएको बताउदै १ हप्ता भित्र शिक्षक, कर्मचारीलाई तलबका लागि जानकारी गराइएको समेत स्पष्ट पार्नुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा