सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ, जेठ ३ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल-मट्टितेलमा १/१ रुपैयाँ घटाएको हो ।
भारतीय आयल निगमले पठाएको मूल्य सूची अनुसार इन्धनको मूल्य घटेकोले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार मूल्य घटाएको निगमले जनाएको छ ।
समायोजित मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ कायम हुनेछ ।
निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा