सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वेलाएत, जेठ २ । युरोपिन फुटबलको नियामक निकायका अनुसन्धानकर्ताहरु बीच इंग्लिस प्रियिमर लिग च्याम्पियन म्यान्चेस्टर सिटीलाई च्याम्पियन्स लिगबाट प्रतिबन्ध गर्ने वा नगर्ने भन्ने बारे बिहीबार छलफल जारी गरेको छ।
अनुचित आर्थिक अभ्यास गरेको आरोपमा सिटी युरोपको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताबाट प्रतिबन्धित हुनसक्ने न्युयोर्क टाइम्सले सोमबार एक रिपोर्ट मार्फत प्रकाशित गरेका थिए ।
उक्त रिपोर्टमा निकै आश्चर्यजनक सूचना प्राप्त भएको युइएफएको क्लब फाइनान्सियल कन्ट्रोल बडी इन्भेस्टिगेटरी च्याम्बरका सदस्य पेट्रोस माभ्रोइडिसले सिएनएन स्पोर्टसँग कुरा गर्दै बताएका थिए ।
न्युयोर्क टाइम्सले आफ्नो समाचारमा अनुसन्धानकर्ताहरुले सिटीलाई एक सिजनका लागि प्रतिबन्ध गर्ने सुझाव दिन सक्ने समेत बताएको थियो ।
आफूबिरुद्ध फैसला आए सिटीले स्विटजरल्याण्डमा रहेको कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सीएएस) मा अपिल गर्न पाउने जनाइएको छ । युइएफएले आधिकारिक रुपमा यस विषयमा कुनै प्रतिक्रिया दिन मानेको छैन ।
यता, सिटीले भने आफूले कुनै आनुचित आर्थिक अभ्यास नगरेको पटक–पटक दोहोराउँदै युइएफएको अनुसन्धानको स्वागत गरेको थियो । डेर स्पेइगेलले सिटीले फाइनान्सियल फेयर प्ले (एफएफपी) तोडेको गोप्य दस्तावेज सार्वजनिक गरेपछि सिटीमाथि अनुसन्धान शुरु गरेको हो।
एफएफपीले फुटबल क्लबलाई ठूलो ऋणमा पर्नबाट जोगाउँछ भने धनी क्लबहरुलाई अन्य क्लबहरुभन्दा अनुचित लाभ लिनबाट रोक्ने गर्दछ ।
इन्डिपेन्डेन्ट फुटबल लिकले प्राप्त गरेको दस्तावेजलाई आधार मान्दै जर्मन पत्रिका डेर स्पेइगेलले सिटीमाथि धेरै खर्चका गर्नका लागि स्पोन्सरको रकम बढाइचढाई गरेको आरोप लगाएको थियो ।
हाल युएईका शेख मन्सुर बिन जायेदको अबुधावी युनाइटेड ग्रुप नामक इन्भेस्टमेन्ट कम्पनीसँग सिटीको स्वामित्व रहेको छ । युइएको राष्ट्रिय ध्वजाबाहक इतिहाद एयरवेजले क्लबको सर्ट स्पोन्सर रहेको छ भने स्टेडियमको नामको अधिकार पनि उसैसँग रहेको छ ।
यसअघि सन् २०१४ मा पनि सिटीले एफएफपी तोडेको आरोपमा कारवाही भोगेको थियो । सिटीले ६।७ करोड डलर जरिवाना तिरेको थियो भने क्लबमाथि नयाँ खेलाडी किन्नेमा प्रतिबन्ध लगाउनुका साथै च्याम्पियन्स लिगको क्लबको टोली संख्या घटाइएको थियो ।
सन् २०१५ मा चाइना मिडिया ग्रुपले क्लबको १३ प्रतिशत सेयर खरिद गरेका थिए । योसँगै सिटीको मूल्य ४ सय करोड डलर पुगेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा