सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख ११ । प्राइभेट मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपाल सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर बापतको शुल्क तिर्न अटेर गरेपछि सरोकारवालाहरुले एनसेलको सिम बहिस्कार गर्ने अभियान थालेका छन् ।
पुँजीगत लाभकर बापतको शुल्क तिराउन सक्रिय डा. द्धारिका नाथ ढुङगेल, सुकदेव भट्टराई, डा. सुरेन्द्र भण्डारी, डा. जगदिश बराल, बिदुर मैनाली, कृष्ण देवकोटा, महेश डङगोल, एनसेल सरोकारवाला तथा नेपालका लागी नेपाली अभियानले एक प्रेस विज्ञप्ति जारी गर्दे यो अभियान नै चलाएका हुन् ।
मुलुकलाई मायाँ गर्ने प्रत्येक नेपालीले एनसेलले कर तिर्न आनाकाकानी गरेसम्म एनसेलको सिम बहिस्कार गर्न उनीहरुले सार्वजनिक आह्वान गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ “ठुला करदाता कार्यालयले एनसेल ३९,०६,०६,८४,८१५ रुपैया मात्र पुँजीगत लाभकर वापत तिर्नुपर्ने गरी निर्धारण गरेको रकम धेरै कम भई त्रुत्रिपुर्ण रहेको छ । एनसेलले कानुन छल्ने, पुजिगत लाभकर नतिर्ने विभिन्न मार्ग अवलम्बन गर्ने र छलकपट गर्ने जस्ता कार्य गरीरहेको हुदा कानुन वमोजीम लाग्ने पुर्ण पेनाल्टि सहित लाभकर निर्धारण गरियोस र एनसेललाई कर छल्न कुनै पनि राजनितिक र सरकारी संरक्षण प्रदान नगरियोस् ।”
उनीहरुले एनसेलले १४,३६,५३,७०,६०० मात्रै पुँजीगत लाभकर तिर्ने जुन परिपंच रचेको छ त्यो सरासर कानुन छल्ने काम हो भनेका छन् ।
विज्ञप्ति मार्फत “अब केबल नागरीक जागेर नागरीक दबाब सिर्जना गरेर मात्रै एनसेलबाट पुँजीगत लाभकर रकम चुक्ता गराउन सकिन्छ । तसर्थ जबसम्म पुँजीगत लाभकर वापत एनसेलले तिर्नु पर्ने सम्पुर्ण रकम राज्यलाई बुझाउने वा चुक्ता गर्ने काम गर्देन तबसम्म एनसेलको सिम प्रयोग नगरौ” भनिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा