सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, चैत्र ५ । एएफसी अण्डर ट्वान्टी थ्री च्याम्पिएनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार कतार प्रस्थान गरेको छ । सन् २०२० मा थाइल्याण्डमा आयोजना हुने च्याम्पियनसिपको छनोट प्रतियोगिताका लागी नेपाली टोली कतारका लागी राती साढे १० बजे उडेको हो ।
नेपाली टोलीमा अविशेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, अर्पण कार्की, असिम भुसाल, विकास खवास, बिमल घर्ति मगर, बिश्वास श्रेष्ठ, दिनेश राजवंशी र गौरब बुढाथोकी रहेका छन् । त्यस्तै हेमन्त थापा मगर, कमलश्रेष्ठ, प्रिजन तामाङ, धिरज श्रेष्ठ, रोमन रसाइली, सुमन अर्याल, सुनिल बल, तेज तामाङ, छिरिङ गुरुङ, नितिन थापा र दिप कार्की टोलीमा अटाएका छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा बाल गोपाल महर्जन र सहायक प्रशिक्षकमा सुमन श्रेष्ठ रहेका छन् ।
छनोटको समूह ’ए’ मा रहेको नेपालले प्रतियोगितामा बलियो टोलीहरु कतार, ओमान र अफगानिस्तानसंग प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेल ओमानसंग मार्च २२ मा खेल्नेछ । त्यस्तै मार्च २४ मा कतार र अन्तिम खेलमा नेपालले मार्च २६ मा अफगानिस्तानसंग खेल्नेछ । छनोटको शीर्ष टोलीले एएफसी अण्डर ट्वान्टी थ्री च्याम्पियनसिप खेल्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा