सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिलिपिन्समा भोकको कारण एक व्हेलको मुत्यु भएको छ । पोस्टमार्टममा व्हेलको पेटबाट ४० किलो प्लास्टिकको फोहोर निकालिएको छ । विशेषज्ञका अनुसार यो फोहोरको कारण व्हेल केही पनि खान सकिरहेको थिएन, जसको कारण व्हेल विरामी भएको थियो । पर्यावरणविदले यसलाई जलीय जीवलाई विष दिनु सरह मान्दै सबैभन्दा दुखद घटना मध्येको एक बताइएको छ ।
पर्यावरणको लागी काम गर्ने संगठनले एकल उपयोग हुने प्लास्टिक माथि फिलिपिन्सको निर्भरताको लागी त्यसलाई विश्वको सबैभन्दा ठुलो महासागरलाई प्रदुषण गर्ने देशको रुपमा ट्याग गरेको छ ।
क्षेत्रीय मत्स्य ब्युरोको अनुसार, प्रदुषणका कारण कुनै जलीय जिवको मुत्युको ताजा घटना शनिवार दक्षिणी प्रान्तको कम्पोस्टेला प्रान्तको कम्पोस्टेला घाटीको हो । यहाँ एक दिन पहिला फसेको व्हेल (४.७ मिटर लामो) को मुत्यु भयो । एजेन्सि र पर्यावरण संगठनले व्हेलको शवको पोस्टमार्टम गराइयो तब व्हेलको पेटबाट लगभग ४० किलोग्राम प्लास्टिक निकालीयो जसमा किरान पसलको प्लास्टिकको थैली र चामलको बोराहरु अत्यधिक मात्रामा समावेश थियो ।
डि बोन कल्क्टर म्युजियमका निर्देशक डारेल ब्लेचले भने कि “पोस्टमार्टमबाट प्लास्टिक फोहोर खाँदा ब्हेललाई ग्याँसको समस्या भयो, जसको कारण उसले केही खाँन पाइरहेको थिएन । यही कारण रह्यो कि त्यो भोकको कारण मर्यो ।” उनले यो घटनालाई धेरै नै घृणित र हृदय विदारक बताए ।
उनले भने कि “पछिल्लो १० बर्षको दौरान ६१ डल्फिन र व्हेलको पोस्टमार्टम गरियो तर यो व्हेलको पेटबाट अत्यधिक मात्रामा प्लास्टिक निकालिएको छ ।”
क्षेत्रिय मत्स्य ब्युरो निर्देशक फातिमा इदरीसले भने उ एकदम कमजोर भएको थियो र आफै पानीमा तैरन पनि सकिरहेको थिएन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा