सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यो बर्ष स्मार्टफोन र टेक्नोलोजीको दुनियामा धेरै विशेष र फड्को मार्न सक्ने देखिन्छ । पछिल्लो समय युवावर्गहरुले सबैभन्दा धेरै प्रतिक्षा फोल्डेबल स्मार्टफोनको गरीरहेका छन् ।
अहिलेसम्म सामसुङ, हुवाई, शाओमी एलजी र लेनोवो को तर्फबाट घोषणा गरीसकीएको छ कि उनीहरुले चाडै भन्दा चाडै फोल्डेबल स्मार्टफोन लन्च गर्नेछ । योसँगै केही दिन पहिला मात्र सामसुङले आफनो फोल्डेबल स्मार्टफोन लन्च पनि गरीसकेको छ । यही बिच एप्पलले पनि फोल्डेबल स्मार्टफोन लन्च गर्ने घोषणा गरेको छ । कम्पनिले हालैमात्र यसको डिजाइनलाई पेटेन्ट समेत गरेको छ ।
एप्पलको तर्फबाट २०११ मा नै यसको डिजाइनलाई पेटेंट गराएको थियो तर २०१६ मा यसलाई अपडेट गराएको थियो । कम्पनिले जुन डिजाइनलाई पेटेंट गराएको थियो त्यसका कैयौ स्केचहरु लीक भएको थियो । स्केचको तर्फबाट फोनेको डिजाइनको जानकारी मिल्ने गर्दछ । मिडिया रिपोर्ट अनुसार, एप्पल को फोल्डेबल स्मार्टफोनको नाम ‘wraparound iPhone’ हुन सक्छ ।
जारी स्केच र मिडिया रिपोर्ट अनुसार, यो स्मार्टफोनमा पनि एज टु एज डिस्प्ले दिइएको छ । यसको अलावा हेडफोन ज्याक र होम बटम पनि हुनेछैन । यसमा रियर बटमको ठाउँमा भर्चुअल किप्याड देख्न पाइनेछ । फोन फोल्ड हुन सकोस यसको लागी डिस्प्लेलाई यस्तो बनाइनेछ कि यो दुबै तर्फ फोल्ड हुन सक्नेछ । कम्पनिले यदि यो ‘wraparound iPhone’ मा सफलता हासिल गरेमा MacBook र iPad पनि लन्च गर्न सक्दछ । आशा गरीएको छ कि यो स्मार्टफोन २०२० मा लन्च गरीनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा