सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन ९। आईसीसी महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली समुहको छनोट आज भएको खेलमा थाईल्याण्डसँग नेपाल ५७ रनले पराजित भएको छ ।
घरेलु टोलीले दिएको १२५ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६७ रनमात्रै बनाउन सक्यो । नेपालका लागि ईन्दु बर्माले २९ रन तथा सिता रानामगरले १८ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो रनको योगफल बनाउन सकेनन् ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको थाईल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२४ रन बनाएको थियो । उसका लागि चुनिंदा सुतिरांगले ३५ रन जोड्दा नरुमल चाईवाईले ३२ रनको योगदान दिईन् । बलिङतर्फ नेपालकम नेरी थापा र कविता कुावरले २–२ विकेट लिए ।
महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालसहित ७ राष्ट्रले भाग लिएका छन् । राउण्ड रोबिन लिगको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–ट्वेन्टी विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछ ।
नेपालले आफ्नो तेस्रो खेलमा भोलि युएईसँग खेल्नेछ । ग्लोबल क्वालिफायर पुग्न अब नेपालले बाँकी सबै खेल जित्नुपर्नेछ भने थाइल्याण्डले कम्तीमा एक खेल हार्नुपर्नेछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा