सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मनी लाउन्डिंग घटनामा मालदिभ्सका पुर्व राष्ट्रपति अब्दुल्ला यामीन विरुद्ध पक्राउ आदेश जारी गरीएको छ । मालदिभ्स अदालतले सोमबार यो आदेश जारी गरेको हो । यामीन विरुद्धको पक्राउ आदेश पर्यटन स्थल विकासको लागी द्धिपहरुलाई भाडामा दिएको र आफनो बैक खातामा १ मिलियन डलर स्थानांन्तरित गरेको आरोपमा दिइएको हो ।
अब्दुल्लाह यामीन माथि देशको सम्पतिहरु चोरी गरी त्यसको दुरुपयोग गरेको आरोप छ । २०१४ मनी लाउन्डिंग कानुन अन्तर्गत यसमा दोषी प्रमाणित भएमा ५ बर्षदेखी १५ बर्षसम्म को जेल सजाय र अधिकतम ७२ लाखसम्मको जरीवानाको सजायको प्रावधान छ । जानकारी अनुसार, पछिल्लो बर्ष सेप्टेम्बरमा भएको राष्ट्रपति चुनावमा इब्राहिम मोहम्मद सालेहले अब्दुल्लाह यामीनलाई पराजित गरेका थिए ।
AFP: Maldives court orders arrest of ex-leader Abdulla Yameen for money laundering. (file pic) pic.twitter.com/obrsJRTfxx
— ANI (@ANI) February 18, 2019
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा