सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, फागुन ६ । शिवम् सिमेन्टस् लिमिटेडले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम बापत २०० रुपैयाँ थप गरी प्रतिसेयर ३०० रुपैयाँका दरले ४१ लाख २० हजार कित्ता साधारण सेयर सर्वसाधारणका निमित्त बिक्री खुल्ला गरेको छ ।
शेयर फागुन ९ गतेसम्मका लागि आवेदन दिन सकिनेछ भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा चैत्र ५ गतेसम्म आवेदन म्याद थप हुनेछ ।
साथै आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रिमियमसहित सेयर निष्काशन मूल्य २०० तोकिएको कम्पनीले जनाएको छ । यसअघि ३०० रुपैयाँमा ८ लाख ८० हजार कित्ता सेयर निष्काशन गरी २ लाख २ सय ४० कित्ताको मात्र आवेदन परेकोमा सोलाई बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।
हाल तोकिएको निष्काशन मूल्यबमोजिम बाँडफाँड भएका शेयरधनीहरुलाई कुल १ लाख १ सय २० कित्ता सेयर थप प्रदान गरिने र बाँकी रहेको ५ लाख ७९ हजार ६ सय ४० कित्ता सेयर २०० रुपैयाँमा आवेदन गर्न चाहने स्थानीयलाई पुनः थप वा नयाँ आवेदन गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ ।
यस सार्वजनिक निष्काशनका लागी आवेदन आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट भर्न र बुझाउन सकिनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा