सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चीनको स्मार्टफोन निर्माता कम्पनि हुवावेले आफनो पहिलो ५जी स्मार्टफोनलाई लन्च गर्ने घोषणा गरेको छ । हुवावले यसको जानकारी आफनो ट्विटर ह्याण्डल मार्फत दिएको हो । हुवावेको फोल्डेबल र ५जी स्मार्टफोन २४ फेब्रुवरीमा बार्सिलोनामा हुन गईरहेको वर्ल्ड कांग्रेस MWC २०१९ मा लन्च हुनेछ । कम्पनिले फोनको लन्चको लागी मिडियाहरुलाई आमन्त्रण पत्रहरु पनि पठाइसकेको छ ।
हुवावेको यो फोल्डेबल र ५जी सपोर्ट फोनको फिचर्सको बारेमा जानकारी मिलेको छैन तर भनिएको छ कि हुवावे यो फोनलाई इनहाउस प्रोसेसर हाई सीलिकन किरिन ९८० सँगै लन्च गर्नेछ । यसमा ५जीको लागी ५,००० मोडेम हुनेछ ।
हुवावेको फोल्डेबल फोनको रिपोर्ट बर्ष २०१७ देखी नै चल्दै आइरहेको छ भने २० फेब्रुवरीमा स्यामसुङको पनि फोल्डेबल स्मार्टफोन लन्च हुदैछ । यस्तैमा दुबै कम्पनि विच फोल्डेबल स्मार्टफोनलाई लिएर कडा टक्कर हुने देखिन्छ ।
अहिलेसम्मको रिपोर्ट अनुसार हुवावेको फोल्डेबल स्मार्टफोनमा ५जी सपोर्ट गर्नेछ र फोनमा ७.२ इन्च को डिस्प्ले हुनेछ । शुरुवाती यो फोनको ३०,००० युनिट मात्र तयार गरीनेछ भने पछि माग अनुसार यसको उत्पादन गरिने कम्पनिले बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा