सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मध्य मेक्सिको को हिडाल्गो राज्यमा तेल पाइपलाइनमा भएको भिषण विस्फोटमा कम्तिमा ७३ जनाको मुत्यु भएको छ । शुक्रबार राती भएको यो दुर्घटनामा ७४ जना घाइते भएका छन् । प्रत्यक्षदर्शिका अनुसार, विस्फोट त्यो समय भयो जब पाइपलाइनलाई फुटाई स्थानीय मानिसहरु क्यान र बाल्टिन मा तेल चोर्दे थिए । फोरेंसिक विशेषज्ञ शनिवार घटनास्थल पुगी लासहरुकोे नमुनसंकलन गरेका छन् ।
हिडाल्गो राज्यका राज्यपाल ओमर फयादले भने “७३ जनाको मुत्यु र ७४ जना घाइते भएको खबर छ “। घटनाको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा मानिसहरु ठुलो स्वरमा मद्यत मागिरहेको सुनिन्छन् । मेक्सिको सिटिबाट १०५ किलोमिटर टाढा हिडाल्गो राज्यमा राती आगो दनकिएको देखियो । पिडितहरुलाई बचाउनको लागी घटनास्थलमा एंबुलेन्स र डाक्टर पठाइएको छ । अहिले आगोलाई पुर्ण रुपमा नियन्त्रणमा लिइएको छ ।
मेक्सिकोमा यसरी तेल चोर्ने घटना साधारण हो । पछिल्लो बर्ष तेल चोरीले मात्र सरकारलाई तीन अरब डलर घाटा ब्यहोर्नु परेको थियो । यसपछि राष्ट्रपतिले इन्धन चोरी विरुद्ध कठिन कारवाहिको आदेश दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा