सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को ‘रहर छ संगै’ बोलको गीत सार्वजनिक भएको छ । अन्जु पन्त र सुगम पोखरेलको स्वर रहेको रोमान्टिक गीतमा अनमोल र उपसना सिंह ठकुरीको अभिनय रहेको छ ।
अर्जुन पोखरेलको रहेको गीतमा शब्द दिग्गज धौरालीले लेखेका छन। कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । फिल्ममा अनमोल केसीसँगै सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन बिक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायत कलाकारहरुको अभिनय रहेको छ । उपासना सिंह ठकुरी, प्रियंका एमभीको यो डेब्यु फिल्म हो । फिल्ममा कथा सामिप्य राज तिमिल्सीनाको रहेको छ ।
भुवन केसीले निर्माण गरेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । यो फिल्म फागुन १७ गते देखि देशभर रिलिज हुँदैछ ।
भिडियो हेर्नुहोस्:
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा