सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मङि्सर २७। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्डले संविधान संशाेधनबाट मात्रै उत्पीडित वर्ग, जाति र समूदायको हक अधिकारलाई सुनिश्चित गर्न सकिने बताएका छन्।
थारू भाषाको पत्रिका ‘मुक्तिक डगर’ विमोचन गर्दै अध्यक्ष दाहालले नेपालको संविधानले उत्पीडित जाति तथा समुदायका लागि अधिकार दिए पनि वास्तविक रुपमा ती अधिकार कार्यान्वयनको तहमा पुग्न नसकेकाे बताएका छन्।
संशोधनको प्रक्रियाबाट गुज्रिदै संविधान पूर्णता तर्फ जाने बताउँदै अध्यक्ष दाहालले अाफु प्रधानमन्त्री हुँदा समेत संविधान संशाेधनकाे प्रयास गरेकाे तर विविध कारणले सफल हुन नसकेकाे बताए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा