सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कमेडियन कपिल शर्माले प्रेमिका गिन्नी चतरथसँग विवाह गरेका छन् । बुधबार १२ डिसेम्बरमा कपिलले आफनो लामो प्रेम सम्बन्धलाई सात फेरो लगाउदै जन्म जन्मसम्मको लागी एक–अर्काको हात थामेका छन् ।
यो पंजाबी विवाह गिन्नीका पैत्रिक शहर जालन्धरमा भयो । विवाह पछि नयाँ कपलको तस्विर सार्वजनिक भएको छ ।
कपिल शर्माका साथीले यो विवाहको सोशल मिडियामा लाइभ पनि गरेका थिए । यसकारण यो विवाहका कैयौ भिडियोहरु भाइरल भइरहेको छ ।
विवाहमा कपिलले आफनो विवाह समारोहमा ग्रीन कलरको शेरवानीसँग क्रीम कलरको पगडी लगाएका छन् । यसको साथै उनी तलवार लिएर आफनो शाही लुक्समा देखिए । दुलही गीन्नी रातो कलरको लहंगामा धेरै राम्री देखिएकी छिन ।
विवाह पछि कपिल १४ डिसेम्बरमा आफनो होमटाउन अमृतसर मा रिसेप्शन पार्टी दिदैछन् । यो रिसेप्शनमा केयौ बलिउड स्टारहरु समावेश हुने सम्भावना छ ।
यसको साथै कपिल फिल्म र टिवि इंडस्ट्रिका साथीहरुलाई मुम्बईमा छुटै पार्टी दिन गइरहेका छन् । उनको दोस्रो रिसेप्शन मुंबईमा २४ डिसेम्बरमा हुदैछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा