सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २५। अर्थमन्त्री डा.युवराज खतिवडाले सेयर बजारमा देखिएको समस्या छिट्टै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मंगलबार संघीय संसद अर्थ समितिको बैठकमा उनले सेयर बजारमा देखिएको समस्या समाधानका लागि आफूले एक समिति गठन गरेको र त्यसले शुक्रबार प्रतिवेदन बुझाएपछि सरकारले सो समस्या समाधानका लागि आवश्यक कदम चाल्ने योजना पनि सुनाए ।
अर्थमन्त्री खतिवडाले सेयर बजारलाई व्यवस्थित बनाउन विज्ञहरुसँग परामर्श गरेर सरकारलाई सुझाव दिन पनि समितिलाई आग्रह समेत गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा