सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रग्बी वर्ल्ड कप टुर – नेपाल ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा सम्पन्न भएको छ । शनिवार नेपाल रग्बी एसोसियसनले फेम नेपालसँगको सहकार्यमा काठमाडौँ स्थित टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा रग्बी खेलसंगै बिभिन्न साङ्गितिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो ।
उक्त कार्यक्रममा नायिका स्वस्तिमा खड्काले कुटुमा कुटुु, गैरी खेतको सिरै हान्योु, नाच फिरिरी लागायतका गीतमा नृत्य प्रस्तुत गरिन् । करिब ५ हजार दर्शकको उपस्थिती रहेको उक्त कार्यक्रममा स्वस्तिमासंगै गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् लागायतले आफ्नो प्रस्तुती राखेका थिए ।
कार्यक्रममा बेली डान्सर बिनु शाक्यले बेली डान्स प्रस्तुत गरेकी थिइन् । शो कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिएको थियो । सम्माननिय उपराष्ट्रपती नन्द बहादुर पुनले उक्त ट्रफी सार्वजनिक गरेका थिए । शुभेक्षा खड्का र रबिन तमाङले संचालन गरेको कार्यक्रम बिहान १० बजे देखी साँझ ७ बजे सम्म चलेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा