सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बंगलादेशमा पुर्व प्रधानमन्त्रि खालिदा जियाको आगामी आम चुनावको लागी दर्ता गरीएको नामांकनलाई देशको निर्वाचन आयोगले आइतबार रद्ध गरेको छ । उनले भरेको तिन सिटे फारमलाई घुस लेनदेनको आरोपमा दोषी ठहर भएको भन्दै नामावली रद्ध गरीएको आयोगका प्रवक्ताले जानकारी दिएका छन् ।
बंगलादेशमा उच्च अदालतले यदि कुनै पनि ब्यक्ति कानुनी रुपमा २ बर्षभन्दा बढि सजाय भोगेको छ भने उ स्वत चुनाव लड्न अयोग्य ठहर गरेको छ । बंगलादेशमा ३० डिसेम्बरमा चुनाव हुदैछ । आफनो ३५ बर्षको राजनितिक जिवनमा खालिदा कैयौ पटक जेल पनि गईसकेकी छिन् ।
आयोगको नियम अनुसार अयोग्य घोषित उमेदवार चुनाव आयोग न्यायाधिकरणमा अपील गर्दे फेरी बिचार गर्न अनुरोध गर्न सक्छन् वा आयोगको निर्णयलाई उच्च न्यायालयमा चुनौती पनि दिन सक्छ । प्रवक्ताले बताए अनुसार खालिदाको अलावा १५ अन्य ठुला प्रोफाइलको नामांकन पनि विभिन्न कारणले रद्ध गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा