सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरीकाको अलास्कामा शुक्रबार आएको भुकम्पपछि अहिलेसम्म २३० भन्दा बढि पराकम्पन गइसकेको छ । शुक्रबार ७.० रेक्टरको भुकम्पपछि बिजुली आपुर्ति पनि बन्द भएको छ । सडक तथा एन्कोरेज आसपासको भवनहरु नष्ट भएका थिए ।
शुक्रबार आएको भुकम्प पछिको अधिकतम पराकम्पनको तीब्रता कम नै रहेको छ । यस मध्ये १ दर्जनभन्दा बढिको तीब्रता कुनै ४ म्यागनेच्युटको रह्यो भने केही ५ म्यागनेच्युटको । अमेरीकी भुगर्भीय सर्वेक्षण (युएसजीएस) को अधिकारीले शनिवार सिएनएन लाई बताए अनुसार शुक्रबार राती लगभग ११ बजे ५.२ रेक्टरको पराकम्पन महशुस गरीयो भने दोस्रोको तिब्रता ५.७ सम्म रह्यो ।
शुक्रबार विहान लगभग ८ः३० बजे आएको ७ रेक्टरको भुकम्पको झट्काले मानिसहरु सडकमा निक्लेका थिए । भुकम्पको केन्द्र एंकोरेजदेखी १० मिल टाढा पुर्व पटि परेको थियो । एंकोरेजका मेयर ईथन बर्कोविटठ्जले शनिवार संवाददाताहरुलाई बताए अनुसार १९६४ पछि यो नै दोस्रो ठुलो भुकम्प भएको भएको जानकारी दिएका छन् ।
१९६४ मा ९.२ रेक्टरको भुकम्प आएको थियो जसलाई अमेरीकी इतिहासको सबैभन्दा शक्तिशाली भुकम्प मानिन्छ । भुकम्पले सडक तथा भवनहरु क्षतीग्रस्त हुनुको अलावा कोही पनि हताहत भएनन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा