सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सलमान खानको बनाएकी बहिनी नामबाट प्रख्यात अभिनेत्री श्वेता रोहिराको ट्रेनिङ पुरा भईसकेको छ । थिएटर तथा शर्ट फिल्ममा श्वेताले धेरै नै मेहनत गरेकी छिन् । उनको एउटा शर्ट फिल्म सपटलेस धेरै नै चर्चामा रह्यो जसमा सोनु निगम फेरी एकपटक पर्दामा देखिने भएका छन् ।
श्वेता तथा पुलकीतले २०१४ मा गोवामा विवाह गरेका थिए जसमा श्वेताको बनाएको भाई सलमान खान विशेष रुपमा सहभागी भएका थिए । तर पछि श्वेता र पुलकित अलगिए । सलमान यो ब्रेकअपलाई लिएर धेरै नै निराश भए । पछि पुलकित सम्राटले ठुलो ब्यानरको फिल्म पाउन पनि छाडे ।
दुबै विचको छोडपत्रको कारण पुलकित सम्राटको एक्ट्रा वैवाहित अफयेयर बताइएको थियो । नायिका यामी गौतमसँगको चर्चाले बलिउडमा ठुलै चर्चा पाएको थियो
श्वेता रोहिराले यसै विच आफनो अभिनय कौशल र आफनो फिटनेसमा धेरै काम गरीन र सलमानसँग गरेको बाधा अनुसार सर्ट फिल्मबाट आफुले आफुलाई सावित पनि गरीन । अब सलमानले श्वेतालाई ठुलो पर्दामा ल्याउन ग्रिन सिग्नल दिएका छन् ।
खबर अनुसार, सलमान खानको प्रोडक्शन हाउसमा आजकाल यस्तो स्क्रिप्टको खोजी भएकोे छ जसले श्वेतालाई ठुलो पर्दामा उतार्ने काम गर्न सकोस् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा