सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, मंसिर १२ । नेपालको व्यापार भुक्तानीका समग्र क्षेत्रलाई विद्युतिय प्रणाली मार्फत सहज बनाउन स्विजरल्याण्डमा रहेको बीपीसी बैंकिङ टेक्नोलोजीलीसँग आइमार्कले सहकार्य गरेको छ ।
बैंकिङ कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा परिवर्तन गर्न बीपीसीसँगको सहकार्यमा आइमार्कले नेपालमा स्मार्ट भिस्टा स्विच सार्वजनिक गरेको छ । स्मार्ट भिस्टा ले विश्वका कैयौँ बैंक तथा वित्तिय संस्थाहरुको कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण गरिसकेको छ ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बीपीसी बैंकिङ टेक्नोलोजीका उपाध्यक्ष तथा एशिया प्याशेफिकका प्रबन्ध निर्देशक राजन एस नारायणले सो प्रविधिका बारेमा जानकारी गराए ।
उनले भने, ‘स्मार्ट भिस्टाले अहिलेको समाजलाई क्यास लेस समाजमा रुपान्तरण गर्न महत्वपूर्ण भुमिका खेल्छ । ’उनकाअनुसार समग्र क्षेत्रका संस्थाहरु डिजिटल बैंकिङ प्रणालीमा आवद्ध भएर लाभान्वित हुन सक्नेछन् । यसले ब्यापार र समग्र क्षेत्रको भुक्तानीलाई सहज बनाउनेछ ।
बीपीसी बैंकिङ टेक्नोलोजीको स्थापना सन् १९९५ माभएको हो । जसको नेपाल साझेदारका रुपमा सन २००७मा स्थापनाभएको आइमार्क प्रालिरहेको छ । जसले हालसम्म नेपालकाकरिब ७० प्रतिशत बैंक तथावित्तीय संस्थाहरुलाई विविध रुपमाक्यास लेस सोसाइटीको निमार्णमा सहजीकरण गर्दैआएको छ ।
बीपीसीबैंकिङ टेक्नोलोजीको स्मार्ट भिस्टा एटिएम स्वीच विश्वका ७३ भन्दा बढी देशका दुई सय भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुले प्रयोग गर्दै आईरहेका छन् ।
सो अवसरमा आइमार्क प्रालिका प्रबन्ध निर्देशक रामप्रसाद ढुंगानाले विश्वसनीय भुक्तानी माध्यमका रुपमा सेवा दिन र सेवा पछि पनि बलियो सम्बन्ध विस्तारका लागि आइमार्क कटिवद्ध रहेको बताए ।
आइमार्कले नेपालको बैंकिङ क्षेत्रलाई डिजिटलाइज गराउन विगत एघार बर्षदेखि एक दर्जन बढी वाणिज्य बैंकहरुसँग सहकार्य गर्दै आईरहेको छ । आइमार्क भुक्तानीको माध्यम मात्र नभई बैंकिङ क्षेत्रको समग्र प्राविधिक भुक्तानीको अन्वेषक पनि हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा