सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिल्म ‘बाहुबली’ को नामबाट विश्वभर प्रख्यात प्रभास यि दिनहरुमा आफनो नयाँ फिल्म ‘साहो’ को शुटिंगमा ब्यस्त छन् । प्रभास कहिलेकाहि केही इभेन्टहरुमा देखिन्छन् तर उनी साधारणतय लाइम लाइटबाट टाढा बस्न मन पराउछन् । हालैमात्र प्रभासका केही तस्विरहरु सोशल मिडियामा भाइरल भईरहेका छन् । यी तस्विरहरुमा प्रभास धेरै नै बदलेका देखिन्छन् ।
प्रभासको तौल धेरै बढेको छ । ‘बाहुबली’ को लुक भन्दा एकदमै फरक देखिएका प्रभासले शायद आफनो फिटनेसमा ध्यान दिन छाडेका छन् । उनलाई अहिले हेर्दा त्यस्तो लाग्दैन कि उनी नै बाहुबली हुन् जसको फिटनेस देखेर दर्शक प्रभावित भएका थिए । यो तस्विर फिल्म ‘RRR’ को लन्चिङको समय लिइएको हो ।
यो फिल्ममा जुनियर एनटीआर र रामचरण एकसाथ देखिदैछन् । लन्चिङ मा बाहुबली का निर्देशक एसएस राजामौली पनि देखिए । फिल्म साहो को शुटिङ अन्तिम चरणमा छ । अहिले जुन वजनदार देखिएका प्रभासको लुक उनको अगील्लो फिल्मको हुन सक्छ ।
‘साहो’ पछि प्रभास निर्देशक राधा कृष्ण कुमारको फिल्म गर्नेछन् यसकारण उनी नयाँ लुकको तयारी गरीरहेका छन् । फिल्मको टाइटल अहिलेसम्म फाइनल भइसकेको छैन । यो फिल्ममा प्रभास नायीका पुजा हेगडेसँग देखिन सक्छन् । प्रभासको फिल्म साहो एउटा ठुलो बजेटको फिल्म हो ।
फिल्मको एक्शन सिनमा धेरै नै पैसा खर्च गरिएको छ । फिल्मको एक्शन सिनलाई हलीउड एक्शन कोरियोग्राफर केनी बेट्सले निर्देशन गरेका छन् । फिल्म ३०० करोडको बजेटमा बनेको बनिरहेको छ । साहो लाई सुजीत निर्देशन गरेका छन भने प्रभाससँगै बलिउड नायिका श्रद्धा कपुर पनि मुख्य भुमिकामा देखिदैछिन् ।
View this post on InstagramA post shared by PRABHAS (@__prabhas__) on
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा