सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पेरिस, कात्तिक २३ । अर्को वर्ष सन् २०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौं टिकट बिक्री भइसकेको छ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले आयोजना गरेको प्रतियोगिताका लागि गत सेप्टेम्बरदेखि टिकट बिक्री सुरु भएकोमा अहिलेसम्म एक लाख ५० हजारभन्दा बढी टिकट बिक्री भइसकेको हो ।
फिफाले बिहीबार दिएको जानकारीअनुसार टिकट किन्नेमध्ये सबैभन्दा धेरै फ्रान्स र बेलायतका रहेका छन् ।
प्रतियोगिताका लागि १० लाखभन्दा बढी टिकट बिक्री गर्नसकिने फिफाको अनुमान छ ।
टिकटसम्बन्धी ९ ओटा प्याकेज बनाइएको फिफाले जनाएको छ ।
व्यक्तिगत टिकट भने यही आउँदो डिसेम्बर २३ देखि बिक्री सुरु हुनेछ ।
प्रतियोगिता आउँदो सन् २०१९ को जुन ७ देखि जुलाई ७ सम्म हुने तय भएको छ ।
फ्रान्सका ग्रेनोबल, ले हाभ्रे, लियोन, मोन्टपेल्लीर, नाइस, पेरिस, रेम्स, रेन्नेज र भ्यालेन्सीन्नजमा खेलहरू हुने भएका छन् ।
सेमिफाइनल र फाइनल खेल लियोनमा गर्ने तालिका बनाइएको छ ।
त्यस खेलहरूका लागि झन्डै २२ हजारभन्दा बढी प्याकेज तीन महिनाका लागि बिक्री भइसकेका छन् । रासस/सिन्ह्वा
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा