सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार २७। श्रम, रोगजार सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति र संस्थाहरुविरुद्ध सरकारले थालेको कारवाही नरोकिने स्पष्ट पार्नु भएको छ । बैदेशिक रोजगार बाट फर्किएका युवाहरुको राष्ट्रिय भेलालाई सम्वोधन गर्दै मन्त्री विष्टले जस्तोसुकै चुनौती आए पनि ठगी गर्ने संस्थाहरुलाई कारवाही गर्न सरकार पछि नहट्ने स्पष्ट पार्नु भयो ।
अब वैदेशिक रोजागारीको सिलसिलामा नेपाली युवाहरुलाई ठग्ने युग समाप्त भएको दावी गर्दै ठगिरहित रोजगारीको प्रत्याभूति गर्न सरकार क्रियाशील रहेको मन्त्री विष्टको भनाइ थियो ।
मलेसिया सरकारसँग श्रम सम्झौताको विषयमा छलफल भइरहेको जानकारी दिँदै मन्त्री विष्टले सरकारले राम्रो काम गर्न खोज्दा केही शक्ति र व्यक्तिहरुलाई बेचैन भएको भन्दै त्यस्ता विरोधबाट सरकार विचलित नहुने प्रष्ट पार्नुभयो ।
नेपाली युवाहरुका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले काम गरिरहेको बताउँदै मन्त्री विष्टले विदेश जानुको साटो देशमै काम गर्ने वातावरण बनाउन सरकार लागिपरेको प्रष्ट पार्नु भयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा