सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
खोटाङ, जेठ ११ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी गरिएको छ । गाउँका अभिभावक बोर्डिङ खोज्दै अन्यत्र जान थालेपछि वडा शिक्षा समितिले वडाका सबै विद्यालयमा कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पठनपाठनको अन्तिम तयारी गरेको हो ।
वडामा रहेका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने पूर्वतयारी स्वरुप आधारभूत तहका अंग्रेजी शिक्षकका लागि पाँच दिने अभिमुखीकरण तालीम सञ्चालन गरिएको छ । अंग्रेजी माध्यमको पाठ्यक्रम, पूर्वतयारी, शैक्षिक सामग्रीको तयारी, कक्षा व्यवस्थापनलगायतका विषयमा शिक्षकको मानसिक तयारीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको वडासचिव चित्र सुवेदीले बताए ।
अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्नका लागि कक्षा १ मा भर्ना भएका विद्यार्थीलाई अंग्रेजी माध्यमको पाठ्यपुस्तक वितरण गरिसकिएको वडा शिक्षा समितिले जनाएको छ ।
दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा रहेका विद्यालयले पनि अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा