सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महेन्द्रनगर, जेठ २ । नेपाली काँग्रेस धनुषा जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन भएको छ । तीन दशकपछि १३ औँ जिल्ला अधिवेशनबाट मंगलबार महेश शंकर गिरीको सभापतित्वमा सर्वसम्मतिले जिल्ला कार्यसमिति चयन भएको हो ।
दिनभरिको व्यापक छलफलपछि पूर्वजिल्ला सचिवसमेत रहेका गिरीको सभापतित्वमा गठित जिल्ला कार्यसमितिको उपसभापतिमा सन्तोष यादव, सचिवमा विशेश्वर यादव, र कोषाध्यक्षमा राजलाल महतोलाई चयन गरिएको निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रबहादुर रावलले जानकारी दिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा