सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख २२ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँचजना पक्राउ परेका छन् ।
महासंघका अध्यक्ष कर्माचार्यसहित बरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, उपमहासचिव बशन्त भण्डारी, सचिव धर्मराज रिमाल र केन्द्रीय सदस्य किरण खड्कालाई महानगरीय अपराध महाशाखाको टोलीले आज पक्राउ गरेको हो ।
उनीहरु सबैलाई काठमाडौंको नयाँ वानेश्वरमा बैठक बसिरहेका बेला महाशाखाबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो । पाँचै जनालाई प्रहरी बृत नयाँ वानेश्वरमा राखिएको छ ।
सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेज गर्ने निर्णय गरेसँगै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशब्यापी चक्काजामको घोषणा गरेको थियो। शुक्रबार मुलुकका विभिन्न ठाउँबाट प्रहरीले दर्जनौ यातायात व्यावसायीलाई पक्राउ गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा