सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
म्याग्दी, बैशाख १६। सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि म्याग्दीका गाउँहरु भरिन थालेका छन् भने सदरमुकाम बेनीबजार खाली हुँदै जान थालेको छ । संघीयताको कार्यान्वयसंगै स्थानीय निकाय बलियो भएर ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार क्रमशः हुन थालेपछि सदरमुकाम बेनीबजारमा चहलपहल घट्दै गएको छ । मानिसको चहलपहल घट्न थालेपछि बेनी बजारमा सञ्चालित व्यवसाय पनि ओरालो लाग्दो क्रममा देखिएको छ । व्यावसायीले दैनिक गर्ने लाखौँको कारोबार अहिले हजारमा झरेको छ । बजार आउनुपर्ने काम गाउँबाटै हुन थालेपछि सदरमुकाम बेनीबजार अहिले सुनसानजस्तै देखिन थालेको छ ।
“सिंहदरबारको अधिकार गाउँगाउँमा आएसँगै गाउँको विकास र रौनक बढेको छ । ५० मिटर पाइपको सिफारिस लिनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ” बेनपा–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले भने, “अब स्थानीय तह नै बलिया भएपछि सदरमुकामसँगको काम पनि घट्दै गएको छ ।” सदरमुकाम छाडेर गाउँ फर्किएपछि ‘रित्ता जीर्ण भएका घर पनि काम लागिरहेका छन्, संघीयता कार्यान्वयनपछिको चहलपहलले गाउँमा उमंग छाएको पाइन्छ ।
गाउँपालिकामा चलहपहल बढेका बेला सदरमुकामको व्यापार व्यवसायमात्रै होइन सरकारी अड्डामासमेत सेवाग्राहीको चाप कम भएको छ । जिल्लाभरबाट विकासे कामका निवेदन बोकेका सेवाग्राहीले भरिभराउ भइरहने साविकको जिविस समन्वय समितिमा परिणत भएपछि सुनसान बनेको छ ।
संघीयताले सदरमुकाम आउनुपर्ने जनताका कामकाज स्थानीय तहबाटै उपलब्ध हुन थालेपछि सदरमुकाम आवतजावतमा कमी आएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले बताए । अहिलेसम्म उद्योगधन्दा निरन्तर चले पनि व्यापारमा भने निक्कै कमी आएको महासचिव गौतमको बुझाइ छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा