सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत ८ । सरकारले सन् २०१९ को कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुल्ला हुँदैछ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कामका लागि.सन् २०१९ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा कामदार छनोट गर्न लिइने नवौं चरणको कोरियन भाषा परीक्षाको आवेदन फारम संकलन आजदेखि गर्न लागिएको हो ।
फारम आउँदो १७ गतेसम्मepsnepal.gov.npमा गएर अनलाइनबाटै भर्न सकिने इपिएस शाखाले जनाएको छ । भाषा परीक्षामा सहभागी हुनका लागि १८ बर्ष पूरा भई ३९ बर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने छ ।
अनलाइनबाटै फारम भर्न पाइनेभएपछि रातभर लाइनमा बस्नुपर्ने अवस्था रहनेछैन । परीक्षा भने आउँदो जेठ २६ र २७ गते हुनेछ । यसपटक ७ हजार १ सय जना प्रशिक्षार्थी कामदार उत्तिर्ण गर्ने शाखाको योजना छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा