सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत ३ । उपराष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगले उम्मेदवारी दर्ताका लागि संसद् भवन परिसरमा निर्वाचन कार्यालय स्थापना गरेको छ । माओवादी केन्द्रको भागमा परेको उपराष्ट्रपति पदमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई नै दोहोर्याउने निर्णय माओवादी केन्द्रले यसअघि गरिसकेको छ। कांग्रेसले भने उम्मेदवार नउठाउने भएको छ।
राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि विद्यादेवी भण्डारी निर्वाचित भइसकेकाले अब दलहरुले उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार बनाउनुपर्ने हुन्छ ।
उम्मेदवारी परेकाहरु विरुद्ध आजै ४ बजेभित्र दाबी विरोध र उजुरी दिने समय निर्धारण गरिएको छ ।
भोलि उजुरीमाथि जाँझबुझ गर्ने, उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका आयोगले बनाएको छ ।
उपराष्ट्रपतिको निर्वाचन भने आगामी ९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा