सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर १२ । ग्लोबल आइएमई बैंक लि.,जर्मन सरकारको आर्थिक सहायता अन्तर्गत के.एफ.डब्लु डेभलपमेन्ट बैंक (KFW Development Bank) नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक विच दिगो तथा ग्रामिण बिकास कार्यक्रम अन्र्तगत नेपालका ग्रामिण भेगको जनताको जीबनस्तर सुधार्नका लागि ग्लोबल आइएमई बैंक लि. मार्फत साना तथा मझौला व्यवसायी कर्जा प्रदान गर्ने विषयमा सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
उक्त सम्झौता पश्चात के.एफ.डब्लु डेभलपमेन्ट बैंक (KFW Development Bank) को बित्तीय तथा प्राविधिक सहयोग माफर्त नेपालका ग्रामिण भेगका उद्यमी व्यवसायीलाई लक्षित गरि ग्लोबल आइएमई बैंकले सर्व सुलभरुपमा साना तथा मझौला तथा कृषि कर्जा उपलब्ध गराउनेछ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।
पहिलो त्रैमाससम्म एक खर्व ४ अर्व ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५० शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा