सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल, कार्तिक १३ । नेकपा(एमाले) का उपाध्यक्ष वामदेव गौतमले देशमा कृषि क्रान्ति गरेर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मूलन गरिने बताएका छन्।
रुपन्देहीको मर्चवारमा आज आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले मर्चवार जस्तो कृषि क्षेत्रलाई राज्यले उन्नत बनाउनुपर्नेमा जोड दिए। उनले भने, “यहाँका हरेक किसानलाई निर्वाहमुखीबाट व्यावसायिक बनाउनु हाम्रो लक्ष्य रहनेछ। कृषिका लागि आवश्यक सबै किसिमका वैज्ञानिक पद्धति अपनाएर कृषिबाट नै देशमा आमूल परिवर्तन गर्ने एमालेको लक्ष्य हो ।”
सो अवसरमा एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले मर्चवारको विकासका लागि एमालेले पहलकदमी गर्ने उद्घोष गरे। उनले वनगाइदेखि मर्चवार क्षेत्रमा शिक्षा, स्वास्थ्य, यातायात, रोजगारको विकाससँगै मर्चवारलाई कृषिको मुख्य क्षेत्र बनाइने र एक घर एक रोजगारका लागि सरकारी बजेटमा योजना तर्जुमा गर्न पहल गरिने बताए।
कार्यक्रममा राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष तथा पूर्वसांसद ओमप्रकाश यादव गुल्जारी एमालेमा प्रवेश गरेका छन्। उनीसहितका नेताहरुलाई एमाले उपाध्यक्ष गौतमले पार्टीमा स्वागत गरे। सो अवसरमा पूर्वमन्त्री गुल्जारीले मधेशी नेताले जनतालाई भ्रममा राखेर राजनीति गरेको आरोप लगाउँदै देश विकास र राष्ट्रियताको रक्षाका लागि एमालेको विकल्प नभएको बताए।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा